बिहीबार, वैशाख १३, २०८१

सुनचाँदीको मूल्यमा वृद्धि

नेपालखोज २०७७ फागुन १७ गते ११:३९

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

साताको पहिलो दिन आइतबार तोलामा पाँच सयले घटेको सुनको मूल्य सोमबार ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार छापावाला सुन आज तोलामा ८८ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यस्तै सोमबार तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार २५० रहेको छ ।

चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया