बाघको छालासहित पक्राउ
नेपालखोज
२०७७ फागुन १७ गते १२:०५

काठमाडौं । काठमाडौं महानगरपालिका–५ हाडिगाउँ बस्दै आएका झापा दमक नगरपालिका–६ घर भएका ३५ वर्षीय मोहन कार्कीलाई टाउको र नंग्रा सहितको करिब ८ फिट लम्बाई र ३ फिट चौडाई भएको बाघको छाला सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मोहनसँग बाघको छाला भएको र बिक्री गर्ने भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उनको कोठामा तलासी गर्नेक्रममा उक्त छाला फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
सम्बन्धित

प्रतिक्रिया