सोमबार, वैशाख १५, २०८२

वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी गुरुदत्त पक्राउ

नेपालखोज २०७७ फागुन १७ गते १६:३७

काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी गुरुदत्त पौडेल पक्राउ परेकाछन । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) की प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तका अनुुसार बैदेशिक रोजगार मुुद्धाका फरार प्रतिवादी गुरुदत्त पौडेल पक्राउ परेका हुुन ।

प्रवक्ता पन्तका अनुसार नवलपरासीको देवचुली न.पा. वडा नं. १३ स्थायी घर भएका ४८ बर्षिय पौडेललाई काठमाडौको बागबजारबाट आईतबार साँझ पक्राउ गरिएको हो । पक्राउ परेका पौडेल उपर वैदेशिक रोजगार ठगी मुुद्धामा एक बर्ष छ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना ठहर भएको छ ।

भोला प्रसाद सेढाईको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी गुरुदत्त पौडेल समेत भएको वैदेशिक रोजगार ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको मिति २०६८ माघ १७ गतेको फैसलाले नवलपरासी साविक प्रगतिनगर गा.वि.स. वडा नं. ९ हालको देवचुली न.पा. वडा नं. १३ घर भई रिलायवल एच.आर. सोलुसन प्रा.लि.का संचालक पौडेललाई एक बर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना हुने ठहर भएको थियो । सो पश्चात फरार रहेका प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित प्रहरी टोलीले आईबार साँझ बागबजार, काठमाडौंमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरी फैसला कार्यान्वयनको लागि आज सोमबार काठमाडौं जिल्ला अदालतमा पेश प्रवक्ता पन्तले जानकारी दिएकीछन ।

साथै, सिंगापुरमा आकर्षक रोजगारीको प्रलोभन देखाई, झुक्यानमा पारी पिडीत जाहेरवालासंग चार लाख ५० हजार लिई दुबई पठाई ठगी गरेको वैदेशिक रोजगार सम्बन्धि कसूरमा वैदेशिक रोजगार न्यायाधिकरण काठमाडौंबाट प्रतिवादी पौडेललाई वैदेशिक रोजगार ऐन, २०४२ को दफा २४ को उपदफा ५ बमोजिम उल्लेखित सजाय भएको ब्यहोरा समेत सिआईबीले गराएको छ ।

प्रतिक्रिया