पीसीपीएस कलेजको तेश्रो दिक्षान्त समारोह सम्पन्न
काठमाडौं । पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसी पीएस कलेज) ले आफ्नो तेश्रो दिक्षान्त समारोह सम्पन्न गरेको छ । बेलायतस्थित प्रशिद्ध बेडफर्ड शाईर विश्वविद्यालयसंग आवद्ध कलेजले सोमबार राजधानीस्थित होटेल म्यरिटमा समारोहको आयोजना गरेको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित उक्त समारोहमा कम्प्युटर विज्ञानएवं सफ्टवेयर इन्जिनेरिंग र बिबिए बिषयसंग सम्बन्धित कूल ६४ जना विद्यार्थीहरुले स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र प्राप्त गरेका थिए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रमाणपत्र प्राप्त गर्ने विद्यार्थीहरुलाइ बधाई ज्ञापन गर्दै राष्ट्रको समग्र बिकासमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्नु पर्ने बताए । साथै शिक्षा ऐनको संसोधन गरी आधुनिक शिक्षा प्रणालिको बिकाश गर्नका लागि एउटा छुट्टै बिशेष कार्यदल बनाएर काम थालिने पनि जानकारि गराए ।
यसैगरि समारोहमा एलबिइएफ ग्रुपका अफ इन्स्टिट्युसनका अध्यक्ष पंकज जलानले २०१७ ईस्वी सनमा स्थापित पीसीपीसीले आफुलाई आज मुलुककै अग्रपंक्तिको शैक्षिक संस्थाकोरुपमा उभ्याउन सफल भएको बताए । “नेपाली विद्यार्थीहरु नेपालमै अन्तराष्ट्रियस्तरको शिक्षा प्रभावकारी रुपमा प्रदान गर्ने हाम्रोे सपनालाई साकार पार्न यस कलेजले ठुलो भूमिका खेलिरहेको छ” उनले भने । समारोहमा अर्का वक्ता काठमान्डू विश्व बिद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले स्नातक तह उत्तीर्ण गर्ने विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै उनीहरुको शैक्षिक उपलब्धिप्रति आफु गौरवान्वित भएको बताए ।
समारोहका बिशेष अतिथि एवं एनबिसीसीआइका अध्यक्ष राजेन्द्र खेतानले यी विद्यार्थीहरुले भोलि कर्पोरेट क्षेत्रको चुनौतीहरुलाई उच्च व्यावसायिक क्षमताका साथ सामना गर्न सक्ने बिश्वास व्यक्त गरे । यससंगै दिक्षित बिद्यार्थीहरुलाई नेपाली श्रम बजारमा स्वागत पनि गरे । कार्यक्रममा एलबिइएफ ग्रुपका अफ इन्स्टिट्युसनका कार्यकारी निर्देशक ई प्रकाश कुमार केजरिवालले स्वागत मन्तब्य व्यक्त गर्दै स्नातक तह उर्तिण बिद्यार्थीहरुप्रति खुसी व्यक्त गर्दै आफुलाई गौरव लागेको बताए ।
पीसीपीएस अहिले कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनेरिंग र बिजनेस एडमिनिस्ट्रेसन् बिषयहरुला स्नातकतहको शिक्षा प्रदान गरिरहेको छ । यसैगरी यस कलेजले फुसेमसिंस नामक कम्पनि संग साझेदारी गरि आर्टिफिसिएल इन्टेलिजेन्स बिषयमा माइक्रो डिग्री कार्यक्रम पनि संचालन गरिरहेको छ ।
प्रतिक्रिया