शनिबार, वैशाख १५, २०८१

अवैध रुपमा लुकाएर ल्याएको कछुवा सहित आलम पक्राउ

नेपालखोज २०७७ फागुन १७ गते १८:५१

काठमाडौं । व्ल्याक पाउण्ड प्रजातिको ६ वटा कछुवा सहित एक भारतीय पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट अवैध रुपमा लुकाई ल्यारहेको कछुवासहित पटना घर बताउने २३ वर्षीय फैजल आलमलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७०१४ नम्बरको टाटा सुमोलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा आलमले झोलामा लुकाई ल्याएको उक्त कछुवा फेला पारेको थियो ।

आलमलाई बरामद कछुवा सहित थप अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जानाएको छ ।

प्रतिक्रिया