उद्योगमन्त्री र परिसंघका पदाधिकारीबीच छलफल

नेपालखोज २०७७ फागुन १७ गते १९:३८

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र नेपाल उद्योग परिसंघका पदाधिकारीबिच बिभिन्न विषयमा छलफल भएको छ । राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ“ मेक इन नेपाल–स्वदेशी” अभियानलाई प्राथमिकताका साथ अगाडी बढाई रहेको परिसंघका पदाधिकारीले मन्त्रीसँग छलफल गरेका हुन् ।

सोमबार परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको पदाधिकारीसहितको टोलिले मन्त्री भट्टलाई भेटी “मेक इन नेपाल–स्वदेशी” अभियानका सम्बन्धमा छलफल गरेका हुन् । उद्योग मन्त्री लेखराज भट्टले नयाँ औद्योगिक क्षेत्रहरुमा उद्योग स्थापनामा परिसंघले पहल गर्नुपर्ने र त्यसको लागि सरकार सहयोग गर्न तयार रहेको बताए ।

परिसंघका अध्यक्ष मोरले अभियानले स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित सीएनआईले अभियान सुरु गरेको बताए ।

परिसंघको यस अभियानमा नेपाल सरकारको साथ र सहयोग हुनुपर्ने धारणा राख्दै मुलुकको औद्योगिक विस्तार, रोजगारीको सृजना एवं उत्पादन वृद्धिबाट मात्र राष्ट्रिय अर्थतन्त्रमाथि उठाउन सकिने उनले बताए । यस अभियानमा सरकाले स्वमित्व बोधगरी स्वदेशी उद्योगहरुको स्थापना र उद्योगहरुलाई आत्मनिर्भर बनाउन सरकारबाट प्रभावकारी भूमिकानिर्वाह गर्नु पर्ने धारणा राखे ।

परिसंघका उपाध्यक्ष अनुज अग्रवाले परिसंघले तयार पारेको अवधारणाको संक्षिप्त प्रस्तुति गर्दै परिसंघले मुख्यगरी ४ वटा आर्थिक खम्बलाई बढी प्राथमिकतामा राखेको बताए । विशेषगरी यस अभियानले हरेक वर्ष एक हजार उद्योग संचालनमा ल्याई वार्षिक एक लाखपचास हजार औद्योगिक रोजगारी सिर्जना गर्ने महान लक्ष्य लिएको छ । उनले भने । परिसंघको लक्ष्यअनुसार पाँच वर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पुर्‍याउने र कुल गार्हस्थ उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पुर्‍याउने बताए ।

प्रतिक्रिया