शनिबार, वैशाख १५, २०८१

ओलीको कटाक्ष : प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धी १५ वटा राँगा

नेपालखोज २०८० जेठ २२ गते १६:४४

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धी भनेको १५ वटा राँगा ल्याउनुमात्र भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले सरकारले १५ वटा राँगा ल्याउनुबाहेक अरु कुनै उपलब्धी हासिल नगरेको दाबी गरेका हुन् ।

‘साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो । अरु कुरा त प्रधानमन्त्रीज्यू, प्रमाणित गर्नुपर्छ’ उनले भने, ‘अरु कुन चाहिँ के प्रोजेक्ट छ ?’

प्रधानमन्त्रीले भारतबाट के के ल्याएको जस्तो प्रचार गरेको तर नेपाललाई फाइदा हुने केही नभएको ओलीले बताए ।

प्रतिक्रिया