शुक्रबार, जेठ ४, २०८१

शव व्यवस्थापनको सामग्री प्रदेश अस्पतालले किन्ने

नेपालखोज २०७८ जेठ ४ गते ८:२४

सुर्खेत । कोभिड–१९ बाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा चाहिने सामग्री अब कर्णाली प्रदेश अस्पताल सुर्खेतले नै किन्ने भएको छ ।

शोकको घडीमा शव व्यवस्थापनको सामग्री किन्न झन्झट बेहोर्नुपर्ने गुनासो मृतकका आफन्तहरुबाट आएपछि प्रदेश अस्पतालले नै मट्टितेल, कैँची, डोरी, प्लास्टिकलगायत आवश्यक सामग्रीको व्यवस्थापन गर्ने निर्णय गरेको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिएका छन् ।

आफ्ना प्रियजनको मृत्युले दुःखमा रहेका परिवार तथा आफन्तजनले निषेधाज्ञाको समयमा बजारमा गएर ती सामग्रीको जोहो गर्नु त्यत्तिकै चुनौतीपूर्ण भएकाले अस्पताल व्यवस्थापनले निःशुल्क उपलब्ध गराउने सूचना जारी गरेको छ ।

यसअघि नेपाली सेनाले आफ्नो नियमानुसार शव व्यवस्थापन गर्दा मृतकका आफन्तलाई नै ती सामग्री किन्न लगाउँथ्यो ।

प्रतिक्रिया