शुक्रबार, वैशाख १४, २०८१

बर्दियामा बाघको आक्रमणबाट एकको ज्यान गयो

नेपालखोज २०७७ फागुन १७ गते २०:५२
???????????????

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा बाघको आक्रमणबाट एक जनाएको ज्यान गएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा भैसी चराउन गएका राजापुर नगरपालिका–१० का ६५ वर्षीय लालबहादुर थारुको बाघको आक्रमणबाट सोमबार ज्यान गएको हो ।

निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने गेरुवा गाउपालिका–६ नौरंगाबाट बाघले झम्टेर लगेका थारुको शव करिव ६ सय मिटर पर क्षतविक्षत अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ । इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरी टोली र बन्जरीया सैनिक पोष्टबाट खटिएको सुरक्षाकर्मीको टोलीले थारुको शव फेला पारेको हो ।

गएको पुस १७ गते कर्णाली चिसापानी सडक खण्डमा मोटरसाइकलमा सवार कैलालीको एक महिलालाई बाघले झम्टेर ज्यान लिएको थियो । बर्दियाको खाता करिडोर र गेरुवा गाउँपालिका क्षेत्रमा मात्रै एक वर्षयता बाघको आक्रमणबाट ६ जनाले ज्यान गुमाएका छन् । बाघको आतंंक बढ्न थालेपछि बर्दिया राष्ट्रिय निकुञ्ज अन्तरगतको मध्यवर्ती क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।

प्रतिक्रिया