बिहीबार, वैशाख १३, २०८१

काठमाडौँ नारायणथान आउदै गरेको बस दुर्घटना, ३ को मृत्यु

नेपालखोज २०७६ कार्तिक १४ गते १७:३५

१४ कार्तिक, काठमाडौँ ।  काठमाडौं आउदै गरेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यू भएको छ । सिन्धुपाल्चोक जिल्ला मेलम्ची गाउँपालिका गोल्फुवाट काठमाडौं नारायणथान आउदै गरेको बा ५ ख ५०७० नम्वरको यात्रुवाहक बस काठमाडौ जिल्ला शंखरापुर नगरपालिका जरसिह पौवा दुर्घटनामा परेको हो ।

आमा हेलम्वु यातायातको वसमा ५० जना सवार थिए । दुर्घटनामा परि ३ जनाको घटनास्थलमा नै मुत्यू भएको वताईएको छ । घाइतेको संख्या यकिन हुन नसकेको बताइएको छ । मुत्यू हुनेको समेत सनाखत भएको छैन ।

दुर्घटनामा परि घाईतेको उपचारका लागि काठमाडौं ल्याउने तयारी भईरहेको छ भने नेपाल प्रहरी उद्धारका लागि घटना स्थलतर्फ गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया