आज देशभरकाे माैसम सफा रहने

नेपालखोज २०७७ फागुन १८ गते ८:१६

काठमाडाैं । अहिले देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

अहिले देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेकाले मौसम सफा रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।

दिउँसो प्रदेश १ र वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल लाग्ने र बाँकी ठाउँको मौसम सफा रहने मौसमविद् बासीले जानकारी दिइन् ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल लागे पनि वर्षा र हिमपातको सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया