शुक्रबार, चैत १६, २०८०

नेप्सेमा आज पनि उच्च अंकको गिरावट, ३९ अंकले घट्दा छ अर्ब २५ करोडको सेयर किनबेच

नेपालखोज २०७७ फागुन १९ गते १५:५९

काठमाडौं । साताको चौथो कारोवार दिन आज (बुधबार) पनि नेप्सेमा उच्च अंकले गिरावट आएको छ । अघिल्लो दिन ५९ दशमलव सात अंकले घटेको नेप्से आज पनि ३९ दशमलव २३ अंंकले घटेर २४ सय १६ अंकमा पुगेको छ ।

त्यसैगरी सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव १२ अंकले घटेर चार सय ३६ दशमलव ८० अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय १२ वटा कम्पनीहरुको ६३ हजार छ सय ७४ वटा कारोवारमा एक करोड १३ लाख ९२ हजार एक सय ३५ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम छ अर्ब २५ करोड ४८ लाख नौ हजार चार सय ४२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा ट्रेडिङ र होटल तथा पर्यटन समुहको सूचकहरु क्रमश तीन सय छ दशमलव ५४ र ३५ दशमलव १७ अंकले बढेपनि बाँकी समुहको सूचक भने उच्च अंकले घटेका छन । तिमध्ये वाणिज्य बैंक समुहको सूचक १७ दशमलव तीन अंकले घटेर १७ सय ५६ दशमलव नौ अंकमा पुगेकोमा निर्जिवन बीमा समुहको सूचक पनि एक सय ६७ दशमलव ८८ अंकले घटेर १२ हजार चार सय ४६ दशमलव ५६ अंकमा पुगेको छ ।

त्यसैगरी जीवन बीमा समुहको सूचक पनि चार सय ५२ दशमलव ५३ अंंकले घटेर १६ हजार तीन सय ६१ दशमलव ३९ अंकमा पुग्दा विकास बैंक, लघुबित्त, जलबिद्युत, फाईनान्स, उत्पादनमुुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहको सूचकहरु पनि घटेका छन ।

आज चन्द्रागिरी हिल्स लिमिटेडको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर पाँच सय ५० रुपैयाँमा कारोवार हुँदा एशियन लाईफ इन्स्योरन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य भने छ दशमलव ३६ प्रतिशतले घटेर ११ सय ९३ रुपैयाँमा कारोवार भएको छ ।

त्यसैगरी नेपाल टेलिकमको भने प्रतिकित्ता ११ सय ९९ रुपैयाँ अन्तिम मूल्यमा २९ करोड ९७ लाख छ हजार एक सय ४० रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया