एसी मिलान उडीनेससँग १-१ गोलको बराबरीमा
नेपालखोज
२०७७ फागुन २० गते ७:१४

काठमाडौँ । इटालियन सिरी ए मा एसी मिलान बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा मिलान उडीनेससँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा ६८औ मिनेटमा रोड्रीगो बेकाओले गोल गर्दै उडीनेसलाई शुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ९७औ मिनेटमा मिलानले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै फ्रान्क केस्सीले मिलानलाई हारबाट बचाएका थिए ।
यो खेलपछि मिलानको २५ खेलमा ५३ अंक रहेको छ दोस्रो स्थानमा कायमै रहेको छ । तर यसले युभेन्टसलाई भने मिलानको करिब आउने सक्ने अवसर भने मिलेको छ । युभेन्टसको अहिले २४ खेलमा ४९ अंक रहेको छ ।
त्यस्तै शिर्ष स्थानमा रहेको इन्टर मिलानको २४ खेलमा ५६ अंक रहेको छ ।
त्यसैगरी उडीनेसको भने २५ खेलमा २९ अंक भएको छ र लिगमा ११औ स्थानमा छ ।
सम्बन्धित
प्रतिक्रिया