शुक्रबार, वैशाख ७, २०८१

पाब्लो सराबियाको गोलले पीएसजीको जित

नेपालखोज २०७७ फागुन २० गते ११:२०

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित हात पारेको छ । बुधवार राति भएको खेलमा पीएसजीले बोर्डोलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बोर्डोको मैदानमा पीएसजीलाई जित दिलाउन पाब्लो सराबियाले निर्णायक गोल गरे । खेलको २० औं मिनेटमा उनले गोल गरेका थिए ।

जितसँगै पीएसजी लिगको दोस्रो स्थानमा उक्लिएको छ । पीएसजीले २८ खेलमा ६० अंक जोडेको छ ।

शीर्ष स्थानको लिल भन्दा पीएसजी २ अंकले पछि रहेको छ । बोर्डो ३३ अंक जोडेर १५ औं स्थानाम रहेको छ ।

प्रतिक्रिया