बिहीबार, वैशाख १३, २०८१

आज ९० अंकले बढ्यो नेप्से, निफ्राको ५३ करोड रुपैयाँको कारोबार

नेपालखोज २०७७ फागुन २० गते १६:५४

काठमाडौं । नेप्से परिसूचक सूचकाङ्क बिहीवार ९० अङ्कभन्दा धेरैले बढेको छ । नेप्से ९० दशमलव २७ अङ्कले बढेर दुई हजार पाँच सय ६ दशमलव २८ अङ्कमा पुगेको छ ।

बिहीवार जीवन बीमा समूहको शेयर पाँच सय ७१ दशमलव ९५ अङ्कले, निर्जीवन बीमा समूहको शेयर तीन सय २४ अङ्कले र ट्रेडिङको दुई सय ५६ दशमलव ७१ अङ्कले बढेको छ ।

बिहीवार दुई सय ६ कम्पनीका एक करोड ६६ लाख २२ हजार सात सय ६३ कित्ता शेयर ६ अर्ब पाँच करोड ८१ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै निफ्राको ५३ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भयो ।

बिहीवार सूर्योदय लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी कम्पनी लिमिटेड र चन्द्रागिरि हिल्स लिमिटेडका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । एनएमबी ५० का लगानीकर्ताले भने तीन प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

प्रतिक्रिया