महाशिवरात्रि तथा सेना दिवसको तयारी पूरा

नेपालखोज २०७७ फागुन २१ गते १७:०१

काठमाडौं । यस वर्षको महाशिवरात्रि तथा सेना दिवसको सबै तयारी पूरा भएको नेपाली सेनाले जनाएको छ ।

सेनाले काठमाडौंको सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा मुलुकभरि रहेका सेनाका सबै कार्यालय, विभाग, फर्मेसन, पृतना, बाहिनी, युनिट तथा सब-युनिटहरुले पनि आ-आफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गरी मनाउने योजना रहेको विज्ञप्तिमार्फत जनाइएको छ ।

सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार गत वर्ष टुँडिखेलमा ३६०० को संख्यामा सहभागी रहेकामा यो वर्ष कोभिड-१९ का कारण सहभागिताको संख्या २४०० रहनेछ ।

प्रतिक्रिया