तत्कालको अभाव पूर्ति गर्न ५ हजार मेट्रिक टन मसिनो चामल किन्दै खाद्य कम्पनी

नेपालखोज २०७७ फागुन २२ गते १०:२५

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करिब पाँच हजार मेट्रिकटन मसिनो चामल खरिद गर्ने प्रक्रिया सुुरु गरेको छ ।

कम्पनीले लिएको लक्ष्यअनुसार मसिनो जातको धान खरिद गर्न नसकेपछि त्यसको अभाव पूर्ति गर्न चामल खरिद थालेको हो । कम्पनीले विभिन्न नौ स्थानबाट चामल खरिद गर्न टेन्डरसमेत आह्वान गरिसकेको जनाएको छ ।

तत्कालको अभाव पूर्ति गराउन चार हजार ५७० मेट्रिक टन चामल खरिद गर्न लागेको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन।  

प्रतिक्रिया