संसद सचिवालयमा दर्ता प्रचण्ड- नेपालको पत्रको कुनै औचित्य छैन : भट्टराई

काठमाडौं । सत्तारुढ नेकपाको संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले संसद सचिवालयमा बिहीबार पुष्पकमल दाहाल-नेपाल तर्फबाट दर्ता भएको पत्रको औचित्य नरहेको बताएका छन् ।
मुख्य सचेतक भट्टराईले नेकपा संसदीय दलको तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै दलको विधान बमोजिम विधिवत् रूपमा निर्वाचित संसदीय दलका नेता तथा पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओली रहेकाले अरु पत्र र दाबी कानुनसम्मत नरहेको उल्लेख गरेका छन् ।
नेपालको संविधान तथा प्रचलित कानूनबमोजिम बाहेक कोही कसैले कुनै गैर संवैधानिक र गैरकानुनी निर्णय गरिएको भनी गरेको पत्राचारको कुनै कानुनी आधार,औचित्य र प्रभाव हुन नसक्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
मुख्य सचेतक भट्टराईले निर्वाचन आयोगले गत माघ ११ गते पार्टीको बैठकलाई मान्यता प्राप्त हुन अध्यक्षको परामर्शमा महासचिवले बैठक आह्वान गरेको हुनुपर्ने र पार्टीको आधिकारिक पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर हुनपर्ने उल्लेख भएकाले त्यस विपरीतका कुनैपनि बैठक र पत्राचारले मान्यता नपाउने विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया