शुक्रबार, असार २०, २०८२

नेकपा नामको फैसला आइतबार

नेपालखोज २०७७ फागुन २२ गते १३:४७

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दल कसको भन्ने विवादको निर्णय आइतबार सुनाउने भएको छ ।

न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन २० गते बिहीबार निर्णय सुनाउने मिति तय गरेको थियो । तर, पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा उक्त दिन शोक विदा परेकाले आइतबार उक्त विवादको निर्णय सुनाउने भएको हो ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि हालको सत्तारुढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाममा दर्ता भएको थियो । तर, निर्वाचन आयोगमा त्यसअघि नै ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दर्ता कायम थियो ।

आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते रिट निवेदन दर्ता गरेका थिए ।

प्रतिक्रिया