आफ्नो पार्टीसँग हतियार नभएको बास्तोलाको दावी

नेपालखोज २०७७ फागुन २२ गते १८:३३

काठमाडौं । करिब २ वर्षदेखि भूमिगत बनेको नेत्रविक्रम चन्द विप्लव समूह र सरकारबीच तीन बुँदे समहति भएपछि अब चन्द समूहसँग रहेका हातहतियार खोइ भन्ने प्रश्न हरेका मनमा उठ्न थालेको छ ।

यसैक्रममा शनिबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले भने आफ्नो पार्टीसँग हतियार नभएको दाबी गरेका छन् ।आज रिपोर्टस् क्लब नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले सशस्त्र विद्रोह नभएर एकीकृत जनक्रान्ति गरेको बताए ।

‘हाम्रो पार्टीले हतियार लिएर लड्ने सशस्त्र युद्ध गरेको होइन’, उनले भने, ‘हामीसँग हतियार छैन । हामीले गरेको एकीकृत जनक्रान्ति हो । रेभोलुसन भनेको वार होइन, यो निरन्तर प्रक्रिया हो ।’

त्यस्तै उनले देशको समस्या हल गर्नको लागि मुख्य-मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्ने आफ्नो पार्टीको एजेण्डा रहेको पनि बताए। तर जनमतसंग्रह के-के विषयमा गर्ने भनेर अहिले नै भन्न सम्भव नभएको उनको भनाइ छ ।

प्रतिक्रिया