शनिबार, मंसिर २९, २०८१

पर्सा जिल्लाको सखुवा प्रसौनीमा सेञ्चुरी बैंकको शाखा रहित बैकिङ्ग सेवा विस्तार

नेपालखोज २०७७ फागुन २३ गते २१:३३

पर्सा । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले पर्सा जिल्लाको सखुवा प्रसौनीमा सेञ्चुरी बैंकको शाखा रहित बैकिङ्ग सेवा सुरु गरेको छ । बैंकले यही फागुन २२ गतेबाट आफ्ना ग्राहक वर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका ४ को देवरवानामा शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो ।

शाखा रहित बैकिङ्ग सेवाको शुभारम्भ प्रमुख अथितिका रुपमा प्रदेश २ का विधायक मन्जुर आलम र विशेष अथितिकोरुपमा सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले संयुक्तरुपमा एक समारोहवीच गरेका हुन ।

उक्त अवसरमा अध्यक्ष प्रदीप जयसवालले पर्सा जिल्लाको पूरानो बजारको रुपमा रहेको देवारवानामा शाखा रहित बैंक सेवाबाट स्थानीय जनताले वित्तिय सेवाप्राप्त गरी आर्थिक समृद्धिमा मद्धत पुग्ने बताए ।

उक्त कार्यक्रममा बैंकका प्रदेश नं २ का प्रमुख सौरभ चौधरी, आदर्शनगर शाखाका प्रमुख शिवनाथ साह,लिंकरोड शाखाका प्रमुख सुरेश साह साथै बैंकका अन्य कर्मचारी र स्थानीय गरेर १५० जना भन्दा बढी सहभागिता रहेको थियो । शाखारहित बैकिङ्ग सेवामा निक्षेप संकलन, रकम भुक्तानी लगायत बैकले प्रदान गर्ने अन्य सेवा उपलब्ध हुनेछन ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथाशहरी क्षेत्रमा सरल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले आफ्ना १२० शाखा १० एक्सटेन्सन काउन्टर, २३शाखा रहित बैंकिङ्ग र ८८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया