सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने प्रचण्ड–नेपाल समूहको निष्कर्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पर्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनमा जाने निष्कर्ष निकालेको छ ।
आइतबारदेखि कानुन व्यवसायीहरुसँगको परामर्शमा जुटेको नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायतका समूहले सो निष्कर्ष निकालेको हो ।
यसबारे आज (सोमबार) दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी बैठकबाट पुनरावलोकनमा जानेबारे औपचारिक निर्णय गर्नेछ ।
नेकपा एमाले पृष्ठभूमिका नेता घनश्याम भुसालले सर्वोच्चको निर्णय राजनीतिक भएको र त्यसले आफूहरुलाई न्याय नगरेका कारण फैसला पुनरावलोकन गर्न आवश्यक भएको बताएका छनन् ।
त्यस्तै अर्का नेता रघुजी पन्तले सर्वोच्चको राजनीतिक भएको बताए । निर्णय न्यायिक नभएका कारण फैसला पुनरावलोकनमा जाने निष्कर्षमा पुगेको उनले बताए ।
यता सर्वोच्चको निर्णयलाई केपी शर्मा ओली समूहले सकारात्मक भन्दै नेकपा एमालेलाई सक्रिय बजाउन प्रयास तीव्र पारेको छ ।

प्रतिक्रिया