पार्टी एकता गर्दाको समयमा ढंग नपुग्दा समस्या भयो : उपप्रधानमन्त्री पोखरेल

नेपालखोज २०७७ फागुन २४ गते २१:२२

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विचार, संगठन र नेतृत्वको ख्याल नगरी पार्टी एकता गरिएकाले समस्या भएको बताएका छन् । १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पार्टी एकता गर्दाको समयमा ढंग नपुगेका कारण समस्या भएको बताएका हुन् ।

विचार, संगठन र नेतृत्वभन्दा पनि चुनावमा बहुमत ल्याउने विषयलाई मात्रै प्राथमिकतामा राखेकाले अहिले समस्या भएको उनको भनाइ छ । आइतबारको सर्वोच्च अदालतको फैसलापछि एकीकृत पार्टीहरूको अवस्था ३ जेठ ०७५ अगाडिको अवस्थामा पुगेको उल्लेख गर्दै उनले अब नेकपा एमालेले विचार, संगठन अनि योग्य नेतृत्व राखेर नयाँ ढंगले पार्टी एकतालाई अघि बढाउने बताए । नेकपा ओली समूहबाट थपिएका केन्द्रीय सदस्य एमालेको केन्द्रीय सदस्य हुने उनले बताए ।

प्रतिक्रिया