योगी आदित्यनाथले नेपालका माओवादीबारे दिए विवादास्पद अभिव्यक्ति
नेपालखोज
२०७७ फागुन २४ गते २१:५६

एजेन्सी । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको राजनीतिबारे विवादास्पद अभिव्यक्ति दिएका छन् ।
सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा लखनउमा भएको एक कार्यक्रममा उनले सबै वर्ग र समुदायलाई साथै लिएर हिँड्न नसके नेपालमा माओवादीको जस्तै हालत हुने टिप्पणी गरेका छन् । साथै उनले सबै समुदाय नमिले नेपालमा माओवादको भएको जस्तै एउटा विकृत रुप देखापर्ने बताए ।
समाजमा भेदभाव रहेको र यसले विकृत रुप देखाउने उनको भनाइ थियो । यसै प्रसंगलाई उनले नेपालमा माओवादको हालतसँग जोडेर अभिव्यक्ति दिएका हुन् ।
सम्बोधनको सुरुमा नारी र महिला शक्तिको खुलेर तारिफ गरेका उनले भारतमा पनि थारु समुदायको स्वतन्त्रतापछि पनि शासनको सुविधाबाट वञ्चित भएको बताएका छन् ।
समाज, मानव जीवन, नारी महिमाबारे उनले निकै समय खर्चिएका थिए ।
सम्बन्धित
प्रतिक्रिया