बिहीबार, वैशाख १३, २०८१

चेल्सीले घरेलु मैदानमा एभर्टन पराजित

नेपालखोज २०७७ फागुन २५ गते ८:५४

एजेन्सी । चालु इंग्लिस प्रिमियर लिगमा चेल्सीले घरेलु मैदानमा एभर्टनलाई पराजित गरेको छ । सो खेलमा एभर्टनले गोल गर्न सकेन ।

स्टामफोर्ड ब्रिजमा सोमबार राति भएको खेलमा चेल्सीको जितमा जर्गिन्होले गोल गर्दा एक गोल उपहार पाएको थियो । घरेलु मैदानमा चेल्सीले खेलको सुृरुवातदेखि नै एभर्टनलाई दवाव बढाएको थियो ।

३१औं मिनेटमा बिन गुडफ्रेले आत्मघाती गोल गरेपछि चेल्सीले खेलमा १–० को अग्रता लिएको थियो । काई हाभर्टजको फ्लिक प्रयासलाई गुडफ्रेले बचाउन खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

४१औं मिनेटमा कलुम हड्सन ओडोइको प्रहारलाई जोर्डन पिकफोर्डले बचाउदा चेल्सी अग्रता दोब्बर पार्नबाट चुक्यो । ५७औं मिनेटमा रिचार्लीसनले सुवर्ण अवसर खेर फाल्दा एभर्टन बराबरीबाट चुक्यो ।

६५औं मिनेटमा चेल्सीले पेनाल्टी गोलबाट अग्रता दोब्बर बनायो । पेनाल्टी बक्समा काई हाभर्टजलाई जोर्डन पिकफोर्डले फल गरेपछि रेफ्रीले चेल्सीलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा जर्गिन्हो चुकेनन् । ८०औं मिनेटमा कप्तान सिजर एज्पिलिक्वेटाको क्रसमा टिमो वेर्नरको प्रहारलाई एभर्टनका गोलरक्षक जोर्डन पिकफोर्डले बचाए ।

८६औं मिनेटमा टिमो वेर्नर र एङ्गोलो कान्टेको प्रहारलाई पिकफोर्डले दोहोरो बचाउ गर्दा चेल्सीले अग्रता थप बढाउन सकेन । इन्ज्युरी समयमा चेल्सीले दुई सुवर्ण अवसर खेर फालेपनि चेल्सीले २–० को सहज जित निकाल्न सफल भयो 

प्रतिक्रिया