आइतबार, जेठ ६, २०८१

फिफा विश्वकप- २०२२ : गोल्डेन बुटको कुरा

नेपालखोज २०७९ मंसिर २ गते १९:००

काठमाडाैं । प्रत्येक फिफा विश्वकपमा दिइने गोल्डेन बुट अवार्ड क्रिकेटमा दिईने ‘प्लेयर अफ द सिरिज’ जस्तै हो जुन सम्पूर्ण प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई दिइन्छ । गोल्डेन बुट प्रदान गर्ने चलन आधिकारिक रूपमा १९८२ मा सुरु भएको हो र त्यसपछि यो हरेक वर्ष विश्वकपमा सबैभन्दा बढि गोल गर्ने खेलाडीलाई दिइन्छ। यो फरक कुरा हो कि २००६ सम्म यसलाई ‘गोल्डेन जू’ का रुपमा चिनिन्थ्यो।

प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट, दोस्रो हुने खेलाडीलाई रजत बुट तथा तेस्रो हुने खेलाडीला कास्य बुट प्रदान गरिन्छ । पहिलो फिफा विश्वकपको कुरा गर्दा यो अवार्ड अर्जेन्टिनाका खेलाडी गुइलेर्मो स्टेबिलेलाई दिइएको थियो । उनले ८ गोल गरेका थिए । गत सिजन अर्थात २०१८ को विश्वकपमा इंग्ल्याण्डका कप्तान ह्यारी केनले यो अवार्ड जितेका थिए । उनले ६ गोल गरेका थिए ।

विश्वकपमा सबैभन्दा बढी गोल गर्ने खेलाडी १३ गोल गर्ने फ्रान्सका जस्ट फन्टेन हुन । कुनै पनि खेलाडीले यो अवार्ड एक पटक भन्दा बढी जितेका छैनन्। अहिलेसम्म गोल्डेन बुट जित्ने खेलाडीहरू :
२०१८ – ह्यारी केन (इंग्ल्याण्ड) – ६ गोल
२०१४ – जेम्स रोड्रिग्स (कोलम्बिया) – ६ गोल
२०१० – थोमस मुलर (जर्मनी) – ६ गोल
२००६ – मिरोस्लाभ क्लोज (जर्मनी) – ५ गोल
२००२ – रोनाल्डो नाराजियो (ब्राजिल) – ८ गोल
१९९८ – डाभोर सुकर (क्रोएसिया) – ६ गोल
१९९४ – ओलेग सालेन्को (रूस), ह्रिस्टो स्टोइचकोभ (बुल्गेरिया) – ६ गोल
१९९० – साल्भाटोर सिलाची (इटाली) – ६ गोल
१९८६ – ग्यारी लिनेकर (इंग्ल्याण्ड) – ६ गोल
१९८२ – पाउलो रोसी (इटाली) – ६ गोल
१९७८ – मारियो क्याम्पेस (अर्जेन्टिना) – ६ गोल
१९७४ – ग्र्जेगोर्ज लाटो (पोल्याण्ड) – ७ गोल
१९७० – गेराड मुलर (जर्मनी) – १० गोल
१९६६ – Isebio (पोर्चुगल) – ९ गोल
१९६२ – फ्लोरियन अल्बर्ट (हंगेरी),भ्यालेन्टिन इभानोभ (रसिया), गारिन्चा , भाभा (ब्राजिल), ड्रासन जेरकोभिक (क्रोएसिया) तथा लियोनेल सान्चेज (चिली) – ४ गोल
१९५८ – जस्ट फन्टेन (फ्रान्स) – १३ गोल
१९५४ – सान्डर कोसिस (हंगेरी) – ११ गोल
१९५० – एडेमिर (ब्राजी) – ८ गोल
१९३८ – लियोनिडास (ब्राजिल) – ७ गोल
१९३४ – ओल्डरिच नेज्डली (चेकोस्लोभाकिया) – ५ गोल १९३० – गुइलेर्मो स्टेबिले (अर्जेन्टिना) – ८ गोल

प्रतिक्रिया