रघुजी पन्तविरुद्ध मुद्दा दर्ता गर्दै कोमल वली

नेपालखोज २०७७ फागुन २५ गते १२:२९

काठमाडौं । राष्ट्रिय सभा सदस्य कोमल वलीले नेता रघुजी पन्तविरुद्ध मुद्दा दर्ता गर्ने भएकी छन् । काठमाडौं जिल्ला अदालतमा उनले आजै मुद्दा दर्ता गर्न लागेकी हुन् ।

तत्कालीन नेकपाभित्र ओली समूह प्रचण्ड-माधव समूहबीच वाकयुद्ध चलिरहेका बेला नेता पन्तले कोमल वलीले विभिन्न आरोप लगाएका थिए । उनले पार्टीभित्र थुप्रै महिलाहरुले वर्षौंदेखि कुनै पद पाउन नसकेको तर कोमल वलीले तुरुन्तै पद पाएको भन्दै आलोचना गरेका थिए ।

पन्तले आफ्नो अपमान गरेको भन्दै वलीले गाली बेइज्जती मुद्दा दर्ता गर्न लागेकी हुन् ।

प्रतिक्रिया