शनिबार, वैशाख १३, २०८२

एसईई परीक्षा जेठ १३ गतेबाट शुरु गर्ने बोर्डको निर्णय

नेपालखोज २०७७ फागुन २५ गते १२:५७

काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि शुरु हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा आगामी २०७८ जेठ १३ गतेदेखि २४ गतेसम्म संचालन गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

एसईई परीक्षा प्रदेशस्तरीय हुने भनिएपनि आवश्यक कानून निर्माण हुन नसक्दा वोर्डले नै देशभर परीक्षा संचालन गर्ने निर्णय यसअघि सरकारले गरेकोले सोही अनुरुप परीक्षा बोर्डले निर्णय गरेको सदस्य सचिव अर्यालले बताए ।

गत बर्षको एईई परीक्षा कोरोना महामारीका कारण सम्बन्धित विद्यालयले नै गरेर नतिजा समेत विद्यालयबाटै पठाए बमोजिम भएको थियो ।

प्रतिक्रिया