बिहीबार, वैशाख १३, २०८१

सामसुङको ग्यालेक्सी ए१२ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक

नेपालखोज २०७७ फागुन २५ गते १४:३६

काठमाडौं । सामसुङले हालै ए सिरिज अन्तर्गत ग्यालेक्सी ए १२ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले टु ४८ मेगापिक्सेल क्वाड क्यामेरा सेटअप सहितको यो नयाँ स्मार्टफोन बजारमा ल्याएको हो।

मोबाइलमा ६.५ इञ्चको एचडी इन्फिनिटी भी डिस्प्ले, ५,००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री रहेको छ। फोटोग्राफीमा जीवन्त अनुभव प्रदान गर्न ग्यालेक्सी ए १२मा टु ४८ मेगापिक्सेलको मेन क्यामेरासहित पछाडि भागमा ४ वटा क्यामेरा उपलब्ध छन्।

जसमा ५ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा रहेको छ भने बाँकी दुई वटा क्यामेरा समान २ मेगापिक्सेलका म्याक्रो र डेप्थ सेन्सर रहेका छन्। यसमा सेल्फीका लागि ८ मेगापिक्सलको फ्रन्ट क्यामराले रहेको छ।

नयाँ ग्यालेक्सी ए ट्वेल्भमा २०ः९ को एस्पेक्ट रेसियोे रहेको छ।यसमा १५ वाटको फास्ट चार्जिङ्गको साथ ५००० एमएएच ब्याट्री दिइएको छ। मोबाइलमा साइड फिङ्गर प्रिन्ट सेन्सर, एन्ड्रोइड १० अपरेटिङ सिस्टम, वान युआई कोर २।५ तथा मिडियाटेक हेलियो पी ३५ प्रोसेसर लगायतका विभिन्न विशेषता रहेका छन् ।

कालो, नीलो तथा रातो गरी तीन कलरमा उपलब्ध फोनको ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेजको मूल्य १८ हजार ९ सय ९९ तथा ४ जीबी ¥याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य १९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया