गोपाल किराँतीले पार्टीको नाम र चिन्ह, सन्ध्या तिवारीले नयाँ नाम प्रस्ताव गर्नुपर्ने : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले गोपाल किराँतीको माओवादी केन्द्रले नाम र चुनाव चिन्ह र सन्ध्या तिवारी नेतृतवको एमाले पर्टीको नयाँ नाम प्रस्ताव गर्न भनेको छ ।
दुवैलाई १५ दिनभित्र सुधारसहितको विवरण पेश गर्न आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपा खारेज भएसँगै साविक नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा जाने भएपछि किराँती नेतृत्वको माओवादी केन्द्र र तिवारी नेतृत्वको नेकपा एमाले पार्टीको नाम परिवर्तन गर्नुपर्ने भएको छ ।
आयोगले सर्वोच्च अदालतको फागुन २३ गतेको आदेशले एमाले र माओवादी एकीकरण भइ बनेको (नेकपा) दलको उत्प्रेषणको आदेशले बदर भइ दुवै राजनीतिक दल अलग–अलग दलका रुपमा साविककै अवस्थामा कायम रहने भन्दै एकीकरणपछि दर्ता भएका पार्टीसँग पुरानै पार्टीको नाम र चुनाव चिन्हसँग मिल्ने भएपछि उनीहरुलाई नयाँ नाम र चुनाव चिन्ह पेश गर्न भनेको हो ।
आयोगमा २०७५ जेठ २३ गते पछाडि दल दर्ता नम्बर १५३ मा दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र र दल दर्ता नम्बर १६० मा दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) नामक दुवै राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ६ (१) (ङ) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम ९ बमोजिम दलका रुपमा कायम रही रहन सक्ने नदेखिने भन्दै नाम सच्याउन र नयाँ प्रस्ताव ल्याउन आयोगले भनेको हो ।



प्रतिक्रिया