हुवावे वुमन डेभलपर्सले इनोभेसन ड्राइभ गर्ने

मोबाइल कम्पनी हुवावेले हुवावे वुमन डेभलपर्स प्रोग्राम (एचडब्लूडी) कार्यक्रम सुरु गरेको छ । महिला डेभलपर्सलाई विश्वव्यापी परिवर्तन गर्न सक्ने अनुप्रयोग र उपकरणहरू सिर्जना गर्न कार्यक्रम आयोजना गरिएको हुवावेले विज्ञप्तिमार्फत जनाएको छ । हुवावेले महिलालाई सशक्त बनाउने उद्देश्यले कार्यक्रम सुरु गरिएको जनाएको छ ।
कार्यक्रमको उद्देश्य धेरै महिलाको करिअर विकास र कौशल प्रशिक्षणका लागि धेरै अवसर र प्लेटफर्महरू प्रदान गर्ने रहेको छ । हुवावेले टेक्निकल इनोभेसनमा सहभागी हुन प्रोत्साहन गर्ने जनाएको छ । कार्यक्रममा सहभागी हुन विश्वभरका कुनै पनि महिला डेभलपर्सले हुवावे डेभलपर्सको आधिकारिक वेबसाइटमा दर्ता हुनुपर्छ ।
हुवावेले घोषणामा भनेको छ, डिजिटल युगमा महिलाहरूलाई उनीहरूको शिक्षा र प्रशिक्षणमा पहुँच सुनिश्चित गर्न अझ बढी अवसर र समर्थन दिन आवश्यक छ, ता कि उनीहरू डिजिटल अर्थव्यवस्थामा साधारण रुपमा प्रतिस्पर्धी हुन सकुन् । महिलालाई यी सीपले सुसज्जित पार्नाले सामाजिक एकीकरण र समावेशी र विविधताले भरिएको समाजलाई बढावा दिन्छ ।
हुवावेका वरिष्ठ उपाध्यक्ष चेन लिफांगले भन्नुभयो, “हामी विश्वास गर्दछौं कि महिलाहरूले टेक्नोलोजिकल इनोवेशनको नेतृत्व गर्नेछन् । हामी आशा गर्दछौं कि हुवावे वोमन डेभलपर्र्स प्रोग्राम (एचडब्लुडी) )ले महिलाहरूलाई उनीहरूको कला र विशेष भ्यालुको राम्रो उपयोग गर्न मद्दत पु¥याउनेछ, र उनीहरूलाई नेतृत्व क्षमता प्रदर्शन गर्ने अवसर दिनेछ । यसले हाम्रो संसारलाई राम्रो ठाउँ बनाउनेछ ।“
हुवावे वोमन डेभलपर्स प्रोग्राम, लैंगिक समानता प्रवर्धन गर्ने आफ्नो प्रतिबद्धताको लागि हुवावेले लिएको सबैभन्दा नयाँ पहल हो । कार्यक्रमले सहभागीलाई प्राविधिक नवीनता र करीअर विकास मार्गहरूको प्रशिक्षणका साथै विभिन्न क्षेत्रका अत्याधुनिक प्रविधिहरूमा विशेषज्ञहरूसँग भेट्ने अवसरहरू, र “ह्यन्ड्स अन” र परिस्थिती मा आधारित प्रयोग र अभ्यासमा सहभागी हुने अवसर प्रदान गर्दछ । हुवावेले उक्त डेभलपर्स प्लेटफर्ममा महिला डेभलपर्सको लागि एक विशेष समुदाय सिर्जना गर्ने, र अनलाइन, अफलाइन इभेन्ट्सको श्रृंखला आयोजना गर्ने जनाएको छ ।
शाइनिंग–स्टार कार्यक्रमको माध्यमबाट, हुवावेले महिला विकासकर्ताहरूलाई नवीनता र उद्यमशीलतालाई प्रोत्साहित गर्न विशेष प्रोत्साहन प्रदान गर्दछ । ठूला सम्भावनाको साथ उत्कृष्ट कार्यक्रमहरू विकास गर्ने यस कार्यक्रमका सहभागीहरूले भविष्यका अभियानहरूमा प्रस्तुत हुने अवसर पाउनेछन् र अन्य आधिकारिक हुवावे कार्यक्रमहरूमा आमन्त्रित हुनेछन्।
आजसम्म, हुवावेले आयरल्याण्ड, अर्जेन्टिना, बंगलादेश, केन्या, र दक्षिण अफ्रिका लगायत धेरै देशहरूमा महिलाहरूको लागि समान डिजिटल कौशल प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सुरू गरिसकेको छ । हुवावेका अन्य आईसीटी प्रशिक्षण कार्यक्रम, जस्तै सिड्स फर द फ्युचर मा ३० प्रतिशत भन्दा बढी प्रशिक्षार्थीहरू महिला छन् । हुवावे वोमन डेभलपर्स प्रोग्राम अब विश्वभरका महिला विकासकर्ताहरूको लागि खुला छ । अधिक जानकारीको लागि, हुवावे डेभलपर्स आधिकारिक वेबसाइट भिजिट गर्नुहोस् ।

प्रतिक्रिया