संसदीय दलको कार्यालयबाट एमालेले हटायो नेकपाको साइनबोर्ड

नेपालखोज २०७७ फागुन २६ गते १३:०६

काठमाडौं । नेकपा एमालेले संसदीय दलको कार्यालयबाट नेकपाको साइनबोर्ड हटाएको छ ।संसदीय दलको कार्यालयमा नेकपा नामको साइनबोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको हो ।

त्यस्तै संसदीय दलको नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकक्षमा राखिएको नेम प्लेटमा पनि नेकपा हटाएर नेकपा एमाले लेखिएको छ ।

आइतबार सर्वोच्च अदालतले गरेको फैसलाबाट एमाले र माओवादी केन्द्र छुट्टिएपछि कार्यालयहरुमा साइन बोर्ड तथा नेताहरुको नेम प्लेट फेर्ने क्रम जारी छ ।

सोमबार एमालेले धुम्बाराहीस्थित पार्टी कार्यालयमा पनि नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखेको थियो भने बुधबार पेरिसडाँडास्थित कार्यालयमा माओवादी केन्द्रको बोर्ड राखिएको छ ।

प्रतिक्रिया