एमाले नेतृत्वको सरकार जोगाउने प्रयास गर्छौ : झलनाथ खनाल

काठमाडौं । नेकपा एमाले नेता झलनाथ खनालले एमाले नेतृत्वको सरकार जोगाउने प्रयासमा लाग्ने बताएका छन् ।
बुधबार संसद् बैठकबाट बाहिरिँदै गर्दा खनालले अहिले नेकपा एमालेको सरकार रहेको र यसलाई जोगाउन तिर लाग्ने बताएका हुन् ।
त्यस्तै प्रतिनिधिसभा बैठक आगामी चैत ३ गतेसम्मका लागि स्थगित भएको छ । बुधबारको बैठकमा प्रतिनिधिसभा सदस्य तथा पूर्वसदस्यहरूको निधनमा शोक प्रस्ताव पारित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले चैत ३ गते १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।
यसैगरी बुधबार प्रधानमन्त्री केपी शर्मा ओली फर्किएपछि संसद् सचिवालयले बुधबारको बैठकको कार्यसूची परिवर्तन गरेको छ । प्रधानमन्त्री ओली संसद् बैठक सुरु हुनुअघि नै संसद् भवनबाट बाहिरिएका थिए ।
यसअघि बुधबार बस्ने बैठकलाई विभिन्न दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची भए पनि प्रधानमन्त्री ओली फर्किएपछि परिवर्तन गरिएको हो । यसअघिको कार्यसूचीमा विभिन्न अध्यादेशहरु टेबल गर्ने र शोक प्रस्ताव पारित गर्ने उल्लेख थियो ।

प्रतिक्रिया