धनगढीमा ओली र नेपाल समूहका कार्यकर्ताबीच झडप

नेपालखोज २०७७ फागुन २६ गते १५:४५

धनगढी । धनगढीमा प्रदेश इञ्चार्जको नेमप्लेट राख्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल समूहका कार्यकर्ताबीच झडप भएको छ ।

धनगढीस्थित प्रदेश कार्यालयमा नेकपा एमालेको बोर्ड राख्ने विषयमा ओली र नेपाल समूहका कार्यकर्ताबीच झडप भएको हो ।

बुधबार बिहान नेपाल समूहका कार्यकर्ताले कार्यलय प्रवेश गरी एमालेको बोर्डसहित भीम रावल प्रदेश इञ्चार्ज भएको नेम प्लेट राखेका थिए भने त्यसको केही बेरमा ओली पक्षका कार्यकर्ताले माधव समूहले राखेको बार्ड हटाएर नयाँ बोर्ड राखेका थिए ।

ओली समूहले रावल प्रदेश इञ्चार्ज लेखिएको नेमप्लेट हटाउँदै लेखराज भट्ट इञ्चार्ज लेखिएको नेमप्लेट राखेका छन् ।

दुई समूहबीच झडप भएपछि अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया