बुधबार, वैशाख २६, २०८१

विवरण नबुझाए कृषि विकास बैँकको खाता बन्द हुने

नेपालखोज २०७७ फागुन २७ गते १५:५५

काठमाडौं । कृषि विकास बैँकले विवरण नबुझाउने ग्राहकहरूको खाता बन्द गर्ने भएको छ । एक सूचना सार्वजनिक गर्दै २०७८ बैशाख मसान्त सम्म ग्राहक पहिचान विवरण (केवाइसी) अद्यावधिक गर्न भनेको छ ।

निष्क्रिय खाताहरू सक्रिय गर्नको लागी सम्बन्धित शाखा वा आफूलाई पायक पर्ने जुनसुकै शाखामा केवाइसी विवरण बुझाउन बैंकले सूचना मार्फत भनेको छ ।

सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ , निवारण नियमावली २०७३ तथा नेपाल राष्ट्र बैंकबाट जारी भएको एकीकृत निर्देशिका २०७७ बमोजिम खाता अद्यावधिक गर्नु पर्ने बैकले जनाएको छ ।

साथै केवाइसी अद्यावधिक गर्दा खाता सञ्चालक ल्याप्चे, सही भने कानुनी व्यक्ति र प्रबन्धक भएमा छाप अनिवार्य गरिएको छ । संस्थाको खाता भएमा सञ्चालक, कार्य समिति सदस्य , खाता सञ्चालक तथा १० प्रतिशत स्वामित्व हुने ब्यक्तिहरूको समेत विवरण बुझाउनु पर्ने बैँकले जनाएको छ ।

प्रतिक्रिया