शुक्रबार, वैशाख ७, २०८१

बागमतीद्वारा आर्मी पराजित

नेपालखोज २०७७ फागुन २७ गते १९:५०

काठमाडौं । बागमती प्रदेशले काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको छ ।

खेलमा बागमतीले प्रस्तुत गरेको २ सय ६७ रनको विजयी लक्ष्यलाई पछ्याएको आर्मी ४७.१ ओभरमा अलआउट हुँदै २ सय ५६ रनमा सिमित हुन् पुगेपछि बागमतीलाई १० रनले जित हासिल गर्न प्रयाप्त बन्यो ।

आर्मीका का लागि कप्तान विनोद भण्डारीले कप्तानी पारी खेले । टिमका कप्तान समेत रहेका उनले १ सय १४ बलको सामना गर्दै ८ चौका र ७ छक्कासहित १ सय १९ रनको योगदान गरे । यस्तै टोलीका लागि ओपनर ब्याट्सम्यान लोकेश बलले पनि महत्वपूर्ण पारी खेल्ने क्रममा ४६ रनम बनाए ।

३८ बलको सामना गरेका ७ चौका र १ छक्काका साथ उक्त रन बनाए । यी बाहेक आर्मीका लागि रोहित कुमार पौडेलले १५ तथा करण केसीले २४ रन थपे ।

बलिङतर्फ बागमतीका स्पिनर अरियो पौडेलले ५ तथा राम नरेश गिरीले २ विकेट लिंदा नन्दन यादव ,सोनु देवकोटा र पारस खड्काले १-१ विकेट लिए ।

त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमती प्रदेश ४९.४ ओभरमा अलआउट हुँदै २ सय ६६ रन बनाएको थियो ।

टिमका लागि पारस खड्काले सानदार ब्याटिङ प्रस्तुत गर । १ सय ३३ बलको सामना गरेका उनले ११ चौका र २ छक्कासहित १ सय १९ रनको योगदान गरे । यी बाहेक टिमका लागि नन्दन यादवले ४२ रन , इशान पाण्डेले २६ रन ,आदील खान र पृथु बास्कोटाले १२ बनाएका थिए ।

बलिङतर्फ आर्मीका लागि सोमपाल कामी एक्लैले पाँच विकेट हात पारे । यस्तै विक्रम शोब, जितेन्द्र मुखिया ,शाहब आलम र करण केसीले एक–एक विकेट लिए ।

प्रतिक्रिया