शनिबार, असार २१, २०८२

कांग्रेस सभापति देउवाले जसपालाई बुढानीलकण्ठ बोलाए

नेपालखोज २०७७ फागुन २८ गते १२:०१

काठमाडौं । सत्ता समीकरणका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन् ।

सभापति देउवाले यसका लागि शुक्रबार अपराह्न ४ बजे जसपाका शीर्ष नेतहरुलाई बुढानीलकण्ठ बोलाएका हुन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजीनितक परिस्थितिबारे कांग्रेससँग छलफल गर्न लागिएको बताए ।

त्यसका लागि दिउँसो ३ बजे सभापति देउवाले पार्टी पदाधिकारी एवं पूर्व पदाधिकारीहरूलाई बुढानीलकण्ठ बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रतिक्रिया