शुक्रबार, चैत १६, २०८०

एनएमबि बैंकको क्यूआर कोडको प्रयोगबाट फलफूल तथा तरकारी किन्न सकिने

नेपालखोज २०७७ फागुन २८ गते १३:०२

बिराटनगर । एनएमबि बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले तरकारी, फलफूल तथा गुद्री बजार बिराटनगरमा क्यू्आर कोड भुक्तनी सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आथित्यता र एनएमबि बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको सभापतित्वमा सेवाको सुरु गरिएको हो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. नेफिल मताङ्गी मास्के, नेपाल राष्ट्र बैंक बिराटनगरका निर्देशक सत्येन्द्र तिमिल्सिना, सब्जी फलफूल तथा गुद्री बजार व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगत, यूवा उद्यमी प्रदिप कुमार मुरारका, बिराटनगर वडा नं. ११ का अध्यक्ष त्रिथेन्द्र न्योपाने, उक्त बजार व्यवस्थापन समितिका सचिव गुड्डु साहेव लगायत स्थानीय निकायका पदाधिकारीहरु, सुरक्षा निकाय, स्थानीय क्लबका सदस्यहरु, स्थानीय कृषि ब्यवसायीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सुनिल केसीले सन्तोषी देवी भगतलाई १० लाख रुपैयाँ महिला उद्यमी सहुलियत कर्जाको स्वीकृती पत्र प्रदान गरेका थिए । गर्भनर अधिकारीले क्यूआर कोडको प्रयोग गरी कागती खरिद गरेर कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए ।

‘यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइजेसनको तर्फ केन्द्रित रही नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख छ । वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आगामी दिनहरुमा आफ्ना ग्राहकलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्नेमा प्रतिबद्ध छौं ।’ प्रमुख कार्यकारी अधिकृत केसीले बताए ।

प्रतिक्रिया