बिहीबार, वैशाख १३, २०८१

एभरेष्ट बैंकद्वारा जानकी मन्दिर जनकपुरमा क्युआर कोड शुरु

नेपालखोज २०७७ फागुन २८ गते १६:२८


काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि जानकी मन्दिर, जनकपुरमा क्युआर कोड बाट सम्पर्करहित भेटी चडाउने सेवा शुरु गरेको छ ।


बैंकका नायव महाप्रबन्धक डा। सन्धिर कुमार र जानकी मन्दिर, जनकपुरका महन्त।रामतपेश्वर दासले संयुक्तरुपमा उक्त नयाँ सेवाको उद्घाटन गरेकाहुन् । उद्घाटन समारोहमा पुष्पराज उप्रेती, एभरेष्ट बैंकका मार्केटिङ्ग् प्रमुखका साथै अन्य स्थानीय तहका अधिकारिहरुको पनि उपस्थिती रहेको थियो ।

उक्त समारोहमा बैंकका नायव महाप्रबन्धक डा। सन्धिर कुमारले आफ्नो मन्तव्यको क्रममा, नयाँ सेवाको प्रयोगले भक्तजनहरुले सजिलै क्युआर कोड प्रयोग गरी भेटी चडाउन सकिने र सो भेटी वास्तविक समयमा नै जानकी मन्दिरको जनकपुर शाखामा रहेको खातामा जम्मा हुने जानकारी गराए ।


स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०२ शाखा संजाल, प्रादेशिक कार्यालय , १३४ एटिएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

प्रतिक्रिया