बिहीबार, चैत १५, २०८०

जर्ज फ्लोइडको परिवारलाई २७ मिलियन अमेरिकी डलर राहत

नेपालखोज २०७७ फागुन २९ गते ९:२८


काठमाण्डौं । प्रहरीले घुँडाले टेकेर मारिएका अफ्रिकी अमेरिकी समुदायका जर्ज फ्लोइडको परिवारलाई २७ मिलियन अमेरिकी डलर राहत दिइने भएको छ ।

गएको वर्षको मे महिनामा अमेरिकामा पुलिसबाट मारिएका अश्वेत व्यक्ति जर्ज फ्लोइडको परिवारले २७ मिलियन अमेरिकी डलर राहत पाउने भएको हो ।

अमेरिकाको सहर मिनियापोलिसको प्रशासनले फ्लोइडको परिवारलाई २७ मिलियन अमेरिकी डलर राहत दिने घोषणा गर्नुअघि मिनियापोलिस नगर परिषद्को बैठकले पारित गरेको थियो ।

गएको वर्षको मे महिनामा अमेरिकाका एक प्रहरी अधिकारी डेरेक चौविनले घुँडामुनि थिचेर हत्या गरेको भिडियो भाइरल भएको थियो । भिडियोमा चौविनले फ्लोइडको घाँटीमा धेरै मिनेट घुँडाले टेकेर थिचेको देख्न सकिन्छ ।

फ्लोइड मृत्यु प्रकरणको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीहरूबीच हिंसात्मक झडप नरोकिएपछि अमेरिकाका विभिन्न सहरमा निषेधाज्ञासमेत जारी भएको थियो ।

प्रतिक्रिया