क्वाड समूहले एसियामा एक अर्ब डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने
नेपालखोज
२०७७ फागुन २९ गते १२:२८

काठमाडौं । भारत, अमेरिका, जापान र अस्ट्रेलिया सम्मिलित क्वाड समूहले एसियामा एक अर्ब डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ ।
क्वाड समूहको बैठकले आगामी सन् २०२२ को अन्त्यसम्म एसियामा कोरोनाविरुद्धको सो खोप उपलब्ध गराउने निर्णय गरेको हो ।
शुक्रबार राति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी राष्ट्रपति जो बाइडेन, जापानका प्रधानमन्त्री योशीहिदे सुगा र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनबीच भएको भर्चुअल बैठकमा हिन्द–प्रशान्त क्षेत्रमा कोरोनाविरुद्धको खोप उपलब्ध र वितरणमा सहयोग गर्ने निर्णय भएको हो।
सम्बन्धित
प्रतिक्रिया