शुक्रबार, वैशाख १४, २०८१

चीन र रुसले संयुक्त अन्तरिक्ष स्टेशन बनाउने

नेपालखोज २०७७ फागुन २९ गते १३:४४


काठमाडौं । चीन र रुसले चन्द्रमामा संयुक्त रुपमा अन्तरिक्ष स्टेशन बनाउने घोषणा गरेका छन्।

बीबीसीले जनाए अनुसार रुसी अन्तरिक्ष एजेन्सी रोसकोसमोसले चीनको न्याश्नल स्पेस एड्मिनिस्ट्रेशनसँग चन्द्रमाको सतह, बाहिरी कक्ष वा दुबै स्थानमा अनुसन्धान सुविधाहरू विकास गर्न सहमति गरेको हो ।

यो स्टेशन अन्य देशका लागि पनि उपलब्ध गराउने दुबै देशको अन्तरिक्ष निकायहरूको वक्तव्यमा उल्लेख गरिएको छ।

रुसले पहिलो मानवसहितको अन्तरिक्षयानको उडानको ६० औँ वार्षिकोत्सव मनाउने तयारी गरिरहँदा यो घोषणा भएको हो।

प्रतिक्रिया