जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
नेपालखोज
२०७७ चैत १ गते १०:१५

मोरङ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रतुवामाई नगरपालिका–४ सिंगारी बस्ने ६० वर्षीय फुदिया मुखियालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मुखियाले ती बालिकालाई सोही ठाउँस्थित बाँसघारीमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया