बिहीबार, जेठ ३, २०८१

‘रुसले युक्रेनमा आक्रमण गर्न बहाना खोजिरहेको छ ’

नेपालखोज २०७८ फागुन ६ गते १०:३८

वासिंटन । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा हमला गर्नका लागि रुसले बहाना खोजेको दावी गरेका छन् । हमला गर्न बनावटी कारणको तयारी गरिरहेको भन्दै उनले रुसको सैन्य कारबाही तत्कालै सुरु हुनसक्ने बताएका छन् । तर उनले कूटनीतिक समाधान अझै सम्भव रहेकोमा जोड दिएका छन् ।

संयुक्त राष्ट्रसंघमा बोल्ने क्रममा अमेरिकी विदेशमन्त्रीले मस्कोले हमलाको औचित्य देखाउन प्रयोग गर्न सक्ने कयौँ कुराहरूको सूची प्रस्तुत गरेका थिए । न्यूयोर्कमा राष्ट्रसंघीय सुरक्षा परिषद्मा बोल्ने क्रममा एन्टोनी ब्लिंकनले रुसी हमला कस्तो खाले हुनसक्छ भन्ने स्पष्ट नभएको बताए ।

तर उनले सम्भावनाहरूलाई रुसभित्रै मञ्चन गरिएको कथित आतंकवादी बम हमला, विशाल चिहान पाइएको कुरा, उसका नागरिकमाथि नाटकीय रुपमै हुनसक्ने ड्रोन हमला वा नक्कली या साँच्चिकैको रासायनिक हमला हुनसक्ने बताएका छन् ।

बाइडनले सम्भावित त्यस्ता घटनापछिको अवस्थामा रुस सरकारले युक्रेनमा रहेका रुसी जातीय समूहका मानिसहरूको सुरक्षा गर्न भनेर नाटकीय ढंगले आपत्कालीन बैठक बोलाउने बताए । त्यसपछि रुसी क्षेप्यास्त्र र बमहरू युक्रेनी निसानामा प्रहार हुन थाल्ने ब्लिङ्कन भनाइ थियो । उनले साइबर हमलाको जोखिम समेत औँल्याए ।

मस्कोले ती कुराहरूलाई आधारहीन’ बताउँदै अमेरिकाले तनाव बढाएको आरोप लगाएको छ । उक्त बैठकमा रुसी सहायक विदेशमन्त्री सर्गेई भर्सिननले ब्लिंकनका विचार डरलाग्दा भएको बताए । मस्कोले युक्रेनमा हमला नगर्ने कुरा स्पष्टसँग भन्नुपर्ने ब्लिंकनको भनाइ छ । मस्कोले युक्रेनमा हमला नगर्ने कुरा स्पष्टसँग भन्नुपर्ने ब्लिंकनको भनाइ छ । मस्कोले हमलाको योजना रहेको कुरा अस्वीकार गर्दै आएको छ ।

तर अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले रुस आक्रमण गर्न सक्ने अवस्थामा रहेको बताए । मस्कोले युक्रेनमा हमला नगर्ने कुरा स्पष्टसँग भन्नुपर्ने ब्लिंकनको भनाइ छ । उनले त्यसका लागि रुसले आफ्ना सैनिकहरू ब्यारेकमा फिर्ता पठाउनुपर्ने र उसका कूटनीतिज्ञहरू वार्ताको टेबलमा आउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया