बिहीबार, चैत १५, २०८०

शिक्षण अस्पतालमा ११ महिने शिशुको कलेजो प्रत्यारोपण

नेपालखोज २०७७ चैत १ गते ११:००

काठमाडौं । महाराजगञ्जस्थित भित्रुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ११ महिने शिशुको कलेजो प्रत्यारोपण भएको छ ।

शनिबार राति शिक्षण अस्पतालका चिकित्सकहरुले ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरेका हुन् ।

काभ्रे घर भएका ति बालकको डेढ महिनादेखि प्रत्यारोपणको लागि तयारी गरिएको शिक्षण अस्पतालका लिभर, प्यान्क्रियाज सर्जन प्रा. डा. रमेश सिंह भण्डारीले जानकारी दिए भने बालकलाई उनका ३५ वर्षका बाबुले कलेजो दान गरेका हुन् ।

डा भण्डारीका अनुसार त्रिवि शिक्षण अस्पतालमा यो पाँचौं कलेजो प्रत्यारोपण हो भने सानो उमेरमा गरिएको यो पहिलो प्रत्यारोपण हो ।

प्रत्यारोपणमा सघाउन फोर्टिस अस्पताल भारतका डा. विजय भिजको नेतृत्वमा चिकित्सकको टोली आएको थियो ।

प्रतिक्रिया