भातरकी मिताली बनिन एक दिवसीय क्रिकेटमा ७ हजार रन बनाउने विश्वको पहिलो महिला क्रिकेटर
नेपालखोज
२०७७ चैत १ गते १४:३३

एजेन्सी । भारतीय महिला क्रिकेट टिमकी कप्तान मिताली राज एकदिवसीय क्रिकेटमा सात हजार रन पूरा गर्ने विश्वको पहिलो महिला क्रिकेटर बनेकी छिन् ।
आइतवार लखनउमा दक्षिण अफ्रिकासँगको चौथो एकदिवसीय क्रिकेटमा ३८ वर्षीया मिताली राजले यो कीर्तिमान बनाएकी हुन् ।
आफ्नो करियरमा दुई सय १३ औँ एकदिवसीय क्रिकेटमा मिताली राजले यो उपलब्धि हासिल गरेकी हुन् । यसअघि दक्षिण अफ्रिकासँगको तेस्रो एकदिवसीय खेलमा मिताली राजले अन्तर्राष्ट्रिय क्रिकेटमा दश हजार रन पूरा गरेकी थिइन् । यो उपलब्धि हासिल गर्ने उनी विश्वको दोस्रो महिला क्रिकेटर हुन् ।
सम्बन्धित








प्रतिक्रिया