आइतबार ५३ जना कोरोना संक्रमित थपिए

नेपालखोज २०७७ चैत १ गते १७:०९
Blood sample with coronavirus positive

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ६ सय १५ पीसीआर नमुना परीक्षण गर्दा ५३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार २ सय ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार ७७ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ७१ हजार ३ सय २६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मुलुकभर ८ सय ९१ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ४७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख १५ हजार ४ सय ११ पीसीआर परीक्षण भएका छन् ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १४ पुगेको छ ।

प्रतिक्रिया