केन्द्रीय कमिटीलगत्तै प्रचण्ड र नेपाल-खनालबीच भेटवार्ता
नेपालखोज
२०७७ चैत १ गते १९:४२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।
माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकबाटै दाहाल निस्केर एमालेका दुई नेतालाई भेट्न पुगेका थिए । माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबार पेरिसडाँडामा बसेको थियो ।
तीन नेताबीच सत्ता समीकरणबारे छलफल भएको स्रोतले जानकारी दियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटन हुने सर्वोच्चको फैसलापछि दुई पक्षबीच पहिलो अनौपचारिक छलफल भएको स्रोत बताउँछ ।
सम्बन्धित

प्रतिक्रिया