हिरो मोटोकर्पले ल्यायो नेपाली ग्राहकहरूको लागि नयाँ रोमाञ्चक मोटरसाइकलहरू

काठमाडौं । नेपाली बजारमा युवा, प्रीमियम र प्राविधिकरूपमा उन्नत उत्पादनहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धताका आधारमा मोटरसाइकल र स्कूटरको विश्वको सबैभन्दा ठूलो निर्माता हिरो मोटोकर्पले आज नेपालमा दुई नयाँ प्रिमियम मोटरसाइकलको बजार प्रवेश आरम्भ गराएको छ- हीरो एक्स्ट्रिम १६० आर र हीरो हंक १६० आर ।
लोकप्रिय प्रिमियम ब्रान्ड एक्स्ट्रिममा एक उल्लेखनिय र शक्तिशाली नयाँ अध्याय थप्दै हीरो एक्स्ट्रिम १६० ले प्रिमियम मोटरसाइकल सेगमेन्टमा हिरो मोटोकर्पको उपस्थितिलाई अझ सबल बनाउँछ । मोटरसाइकलले आराम र नियन्त्रणको सर्वोत्कृष्ट मिश्रण शक्तिपूर्ण अवस्थिति सहित पर्फमेन्स, स्पोर्टीनेस र अन्य विशेषताहरूको एक अतुलनीय मिश्रण प्रदान गर्दछ ।
एक्स्ट्रिम १६० आर, एक नयाँ–हंक १५०आरको साथ आएको छ, जुन नयाँ युगको स्टाइलको साथ बेजोड सवारी सञ्चालन (राइडिङ) अनुभवप्रदान गर्न डिजाइन गरिएको हो । दुवैै नयाँ मोटरसाइकलले नेपालका युवाको आकांक्षा पूरा गर्नेछ भने पर्फमेन्स, स्टाइलिङ र भिन्न आकर्षणको गतिशील संयोजन प्रदान गर्दछ ।

एक्स्ट्रिम १६० आर र हंक १५० आर देशभरिका हिरो मोटोकर्पका शोरूममा उपलब्ध हुनेछ । एक्स्ट्रिम १६० आरको रु ३ लाख ३९ हजार (सिंगल च्यानलएबीएसका साथ डबल डिस्क) को आकर्षक मूल्यमा उपलब्ध हुनेछ भने जब हंक १५० आर रु २ लाख ७९ हजार ५ सय (सिंगल च्यानलएबीएसको साथ डबल डिस्क) को मूल्यमा उपलब्ध हुनेछ ।
यी दुवै मोडल नेपाली बजारमा ल्याइएको गरिएको अवसरमा टिप्पणी गर्दै, हिरो मोटोकर्पका ग्लोबल बिजनेसका प्रमुख संजय भानले भने, “विश्वभरका ग्राहकहरूका लागि वर्गीय रूपमा अग्रणी र बजारमा सान्दर्भिक सम्बन्धित उत्पादनहरू ल्याउने हाम्रो निरन्तर प्रयास रहँदै आएको छ । यि दुई नयाँ उत्पादनहरूको साथ, हामी हाम्रा शीर्ष प्रिमियम मोटरसाइकलहरू नेपालमा ल्याइरहेका छौं र यहाँका ग्राहकहरूले दुवैै उत्पादन मन पराउने गर्नेछन भन्नेमा हामी विश्वस्त छौं ।”
एक्सट्रिम १६० आरले थुप्रै विश्वबजारमा राम्रो प्रदर्शन गरेको छ र हामी यसले नेपालमा पनि राम्रो प्रदर्शन गर्ने आशा गर्दछौं । हंक १५० आर विशेष रूपमा केहीविशेष फस्र्ट-इन-क्लास विशेष्ताहरूको साथ नेपाली बजारका लागि विकसित गरिएको छ । दुवै मोटरसाइकलले हामीलाई ग्राहकहरूको आकांक्षा पूरा गर्न सक्षम तुल्याउनेमा हामी विश्वस्त छौं ।
हिरो मोटोकर्पले सन् २०१० मा नेपालमा नेपाल जनरल मार्केटिङ प्रालि (एनजीएम)लाई एकमात्र आधिकारिक वितरक नियुक्त गरी यहाँ कारोबार विस्तार गरेको हो । यो कम्पनीले आफ्ना ७२ डिलरहरू, ८२ सर्भिस सेन्टरहरू र १०० भन्दा अधिक स्पेयर पार्टस्का बिक्री केन्द्रहरू सहित आफ्नो तीव्र रूपमा विस्तारित २५० भन्दा बढी टच-प्वान्टहरूको सञ्जालमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको छ ।
नेपालमा उपलब्ध हीरो मोटोकर्पका उत्पादनहरूमा एचएफ डिलक्स, स्प्लेन्डर, स्प्लेन्डर आईस्मार्ट ११०, सुपर स्प्लेन्डर, ग्ल्यामर, हंक १५० आर, एक्स्ट्रिम १६० आर, एक्स्ट्रिम २०० आर मोटरसाइकलहरू र प्लेजर, डुएट, मास्ट्रो एज, डेस्टिनी १२५ स्कूटरहरू रहेकाछन् ।
प्रतिक्रिया