मंगलबार, वैशाख ४, २०८१

सोमबार जन्मने व्यक्ति कस्ता हुन्छन् ?

नेपालखोज २०७७ चैत २ गते ५:००

मानिसको कर्म भाग्य र स्वभाव जन्मबारले पनि निर्धारण गर्छ । यद्यपि जन्मबारले मात्र समग्र स्वभाव र भाग्य बताउन सकिँदैन । यसको लागि समग्र कुण्डलीको विश्लेषणको आवश्यकता पर्दछ । ज्योतिषशास्त्रका अनुसार मानिसको साल,महिना,गते,जन्म समय, तिथी, बार, योग, करण र जन्म स्थान अनुसार उसको ग्रह दशा, भविष्यको निर्धारण हुने हुन्छ ।

आज हामी सोमबार जन्मने व्यक्तिको सामान्य स्वभाव र भाग्यको चर्चा गर्न गइरहेका छौं । सोमबार जन्मिएका व्यक्तिहरूको स्वभाभ थोरै मूडी हुने हुन्छ । यिनीहरुको स्मरण शक्ति अत्यन्तै तेज, संवेदनशील, मृदुभाषी, र पढाई लेखाईको क्षेत्रमा यिनीहरुको ज्यादै नै लगाव हुन्छ । यिनीहरु भाग्यवादी र ईश्वरवादी हुन्छन् । यिनीहरु विवादमा आउन मन पराउँदैनन् । झैझगडा गरेका मान्छेहरुलाई पनि सजिलै आफ्नो वशमा पारेर काम लिन यिनीहरु माहिर हुन्छन् । यिनको जीवन प्राय विवादरहित हुन्छ । आफ्नो कारण कसैलाई हानी भएको खण्डमा यिनीहरु साह्रै मन दुखाउँछन् । महिलाहरुका सन्दर्भमा कुरा गर्नुपर्दा यिनीहरु मायाका खानी नै हुन्छन् । सोमबार जन्मिएका महिलासँग विवाह गरेका धेरै पुरुषको भाग्य चम्किने संभावना समेत रहन्छ ।

यिनीहरु छिटो निरास हुन्छन् । परिवारसँग यिनीहरु टाढा रहन मन पराउँदैनन् । यिनीहरुको स्वभावमा स्वभावतः मुडी हुने कारण कहिलेकाँहि यिनीहरु गलत निर्णय पनि लिईरहेका हुन्छन् । यद्यपि यिनीहरु परिवारको सल्लाह लिएर निर्णय लिने कारण असफल भने हुँदैनन् । यिनीहरु धर्म र भाग्यमा पनि विश्वास गर्छन् । त्यस्तै यिनीहरु निरन्तर प्रयास गरिरहने स्वभावका हुन्छन् । यिनलाई घरदेखि टाढा रहेर उन्नति गर्न मन हुँदैन किनभने यिनीहरु सामाजिक एवं पारिवारिक हुन्छन् । यिनमा वाक्चातुर्य ज्यादै राम्रो हुन्छ । माया र प्रेमको सन्दर्भमा यिनीहरु ज्यादै संवेदनशील हुनाको कारण यिनलाई प्रेमबाट विरलै धोका मिल्छ ।

यिनको प्रेमबाट यिनलाई धोका मिल्दा पनि यिनीहरु कम्प्रमाइज गरिरहेका हुन्छन् । ज्यादै खराब मानिस पर्यो भने मात्र यिनीहरु सम्बन्ध विच्छेद गर्दछन् । तसर्थ यिनलाई मायालु मान्छेको रुपमा चित्रण गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया